

२० मंसिर , धादिङ
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणनाका लागि धादिङमा सम्पुर्ण तयारी पुरा भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
दोस्रो चरणको निर्वाचन सकिएको साझँ पाच बजेदेखी मतगणना गर्ने र त्यसका लागी मतगणनास्थल र मतगणक छनौट लगायतका सबै काम पुरा भएको कार्यालयले जनाएको हो ।
प्रतिनिधि सभा क्षेत्र न १ जिल्ला भूसंरक्षण कार्यालयको तालीम हलमा र क्षेत्र न २ को जिल्ला समन्वय समितिको सभाहल मत गणनाको लागी तारजाली लगाउनुको सबै स्थानमा सिसिटिभी क्यामारा जडान गरिएको छ ।
दुई फरक फरक स्थानमा मत गणनाका लागी प्रत्येक केन्द्रमा १२ जना दरले एक पटकमा ४८ जना कर्मचारीको ब्यबस्थापन गरीएको मुख्य निर्वाचन अधिकृत उमेश कोईरालाले बताए ।
धादिङ जिल्लामा दुईलाख ३३ हजार ५०५ मतदाता रहेकोमा १ लाख ५६ हजार ३८५ जनाले मात्र मतदान गरेका थिए ।
दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको धादिङका २७५ मतदान केन्द्रका ८२५ मतपेटिका रहेका छन् ।
२०७४ मंसिर २० गते प्रकाशित