Sat. Jul 5th, 2025

४५ जिल्लामा आज मतदान

२१ मंसिर,  धादिङ –

 

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा बिहीबार हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि सहभागी हुन सबै मतदातालाई आह्वान गरेको छ । मतदान बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सबैको नेतृत्व सुनिश्चित बनाउन हुन लागेको चुनावमा मताधिकार उपयोग गरी समृद्ध नेपाल बनाउने अग्रगामी यात्रामा समाहित हुन सबै मतदातामा आह्वान गरेका छन् । उनले जनताको मत लोकतन्त्रको आधार भएकाले स्वतन्त्र र विवेकपूर्ण ढंगले मतदान गर्न र मतलाई सुरक्षित गर्न सबैमा आग्रह गरेका छन् ।

‘संविधानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्ने चुनावले आदिवासी जनजाति, खस आर्य, थारू, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, अपांगता भएका व्यक्तिलाई समावेशी समानुपातिक सिद्धान्तका आधारमा नेतृत्वमा पु¥याउने अधिकार सुनिश्चित गरेको छ,’ यादवले भने, ‘नेपालको इतिहासमा नेपाली जनताले यस्तो अवसर कहिल्यै प्राप्त गरेका थिएनन् । त्यसैले सुवर्ण अवसरलाई सदुपयोग गरौं ।’

बिहीबार सात प्रदेशका १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा २ सय २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये १ हजार ५ सय ३३ पुरुष र १ सय ३० महिला छन् ।
प्रदेशसभा सदस्यतर्फ २ हजार ८ सय १९ जना उम्मेदवार मैदानमा छन् । त्यसमध्ये २ हजार ५ सय ९९ पुरुष र २ सय २० महिला छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका लागि २२० पदका लागि ५ हजार ८ सय ३८ जना मैदानमा छन् ।
चुनाव हुने जिल्लाका ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । चुनाव सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारी खटिएको आयोगले जनाएको छ ।

२०७४ मंसिर २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: