धादिङका तीन स्वास्थ्यचौकी सहित १० स्वास्थ्यकर्मी सम्मानित

फाल्गुन २९, २०७१

धादिङ – उत्कृष्ट काम गर्ने धादिङका तीन ओटा स्वास्थ्य चौकी शुक्रबार सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७०/७१ को कार्य प्रगति प्रतिवेदन र विभिन्न आधारहरु मापन गरेर जिल्ला स्वास्थ्य कार्यालयले उत्कृष्ट स्वास्थ्य चौकीहरुको छनोट गरेको हो । गत आर्थिक वर्षमा पहिलो हुन सफल भएको नौविसे स्वास्थ्य चौकी, दोश्रो हुने महादेववेसी स्वास्थ्य चौकी र तेश्रो हुने मैदी स्वास्थ्य चौकीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान सहित पुरस्कृत गरिएको हो । त्यसैगरी उत्कृष्ट काम गरे बापत जिल्ला स्वास्थ्य कार्यालय धादिङका परिवार नियोजन अधिकृत मछिन्द्रनाथ न्यौपाने सहित जिल्लाका विभिन्न स्वास्थ्य सस्थामा रहेर काम गर्ने १० जना स्वास्थ्यकर्मीहरुलाई पनि सम्मान गरिएको छ ।

प्रथम र दोश्रो चौमासिक अवधिको समिक्षा तथा योजना तर्जुमा गोष्ठि समापन एवं सम्मान कार्यक्रममा वरिष्ट जनस्वास्थ्य प्रशासक जिवनकुमार मल्ले उत्कृष्ट हुने स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै मल्लले स्वास्थ्य क्षेत्रको विकासको लागि सबैभन्दा पहिले शिक्षा, खानेपानी र कृषि क्षेत्रको विकास आवश्यक रहेको धारणा राख्नुभयो । सम्मानि हुनुभएका स्वास्थ्यकर्मीहरुलाई बधाई दिनुहुँदै उहाँले स्वास्थ्य क्षेत्रको विकासको लागि महिला स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै सम्मानित भएकाहरुले स्वास्थ्य क्षेत्रको विकासको लागि आफुहरु अझै सक्रियताका साथ लागि रहने प्रतिवद्धता व्यक्त गरेका छन् । धादिङमा हाल ५२ ओटा स्वास्थ्य सस्थाहरु रहेका छन् भने धादिङ गत आर्थिक वर्ष मध्यमाञ्चलमा उत्कृष्ठ जिल्ला छानिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

‘देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन’

यो पनि पढ्नुहोस

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड