Sat. Jul 5th, 2025

मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु


२१ मंसिर, पाल्पा –

पाल्पाको रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेकी थिइन् । मतदान गरे लगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै कुमालको मृत्यु भएको हो ।

२०७४ मंसिर २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: