
२४ मंसिर, रोल्पा—
रोल्पाबाट प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रका वर्षमन पुनले भारी मत अन्तरले जित हासिल गरेका छन्।
उनले नेपाली काँग्रेसका अमर सिंह पुनलाई पराजय गरेका हुन्। मत परिणाम अनुसार बर्षमन पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेका छन् भने अमर सिंह पुनले १९ हजार ९ सय ६ मत ल्याएका छन्।
दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्र वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन्।
२०७४ मंसिर २४ गते प्रकाशित