Sat. Jul 5th, 2025

धादिङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु


२५ मंसिर, धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानपम्प नजिकै सोमबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

मलेखुबाट गजुरी जाँदै गरेको ना ६ ख २७५२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ७३ प ४९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दोलखाका ४५ वर्षीया शम्भू बस्नेतको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी धुव्रराज राउतले जानकारी दिएको छ ।

२०७४ मंसिर २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: