Sat. Jul 5th, 2025

धादिङको गजुरीबाट ३० किलो गाँजासहित दुई जना पक्राउ


२८ मंसिर,  धादिङ –

धादिङको गजुरी गाउँपालिका – १ गजुरीबजारबाट विहिबार ३० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँबाट विरगंज जाँदै गरेको ना २ ख ७३११ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा ट्रकको अगाडि पट्टीको क्याविनमा लुकाई राखेको अवस्थामा सेतो र पहेँलो गरी २२ वटा बोराभित्र गाँजा फेला पारेको हो ।

पक्राउ पर्नेमा ट्रकका चालक पर्सा कल्याणपुरका हृदयनन्दप्रसाद यादव र विरगजंका आकाश सुनार रहेको प्रहरीले जानकारी दिएको छ ।

२०७४ मंसिर २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: