Sat. Jul 5th, 2025

किसानलाई हौसला स्वरुप ट्रयाक्टर वितरण (भिडियो सहित)

सृजना लंम्साल  / २९ मंसिर,  धादिङ –

 

अगुवा कृषक समुहलाई प्रोत्साहन स्वरुप प्रयास नेपाल धादिङले ट्रयाक्टर वितरण गरेको छ ।

धादिङको गजुरी गाउँपालिका ७ अन्तर्गत किराञ्चोकका विभिन्न कृषक समुह र सहकारीमा आवद्ध किसानहरुलाई संस्थाले निशुल्क ट्रयाक्टर दिएका हुन् ।

कृषि क्षेत्रमा राम्रको काम गर्दै आएका किसानहरुलाई हौसला प्रदान गर्ने र कृषि मजदुरको कमी भईरहेको समयमा किसानलाई नाफामुखी बनाउने उदेश्यले ट्रयाक्टर वितरण गरीएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

कृषिमा बढ्दो आधुनिकरणसँगै जिल्लामा खेतबारी जोत्नका लागि गोरु पाल्ने किसानहरुको संख्या घट्दै गएको छ । संघसंस्था तथा सरकारले पनि किसानलाई लक्षित गरी यस्ता उपकरणहरु प्रदान गरिरहेको छ । परम्परागत खेती प्रणालीलाई हटाउँदै किसानहरुलाई व्यवसायिक बनाउने र कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन कृषि उपकरण वितरण गरीएको हो उनले भने ।

ट्याक्टर पाएपछि किसानहरु हर्षीत भएका छन् । कुटो कोदाले र हलोले वुढेसकाल लाग्यो अव भने सुखको दिन आयो गजुरी ७ की विन्दा अधिकारी वताउछिन् । धेरै वर्ष वाझिएका जमिन हरु अव ट्रयाक्टर लगाएपछि खेतीयोग्य हुने भए जोत्नको लागि गोरु पाउनै गारो हुन्थ्यो अव त आफ्नो सुरले काम गर्न पाईन्छ खुसी छु उनले भनिन् ।

अक्सफामको साझेदारीमा प्रयास नेपालले गजुरीमा रहेका विभिन्न किसान समूहलाई ट्याक्टरसहित अन्य कृषि समाग्री प्रदान गरेको हो । ग्रामीण क्षेत्रमा गोरु नपाउनाले खेतबारी बाँझै भएको समस्यालाई मध्यनजर गर्दै प्रदान गरिएको प्रयास नेपालले जानकारी दिएको छ ।

https://www.youtube.com/watch?v=CD4TFgwgWo4

२०७४ मंसिर २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: