
२९ मंसिर, धादिङ –
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धादिङबाट १८ वटा राजनीतिक दलहरुले शून्य मत पाएका छन् । प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका १८ राजनीतिक दलले शून्य मत पाएका हुन् ।
शून्य मत पाउने राजनीतिक दलहरुमा बहुजन शक्ति पार्टी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समावेशी पार्टी, नेपाल नौलो जनबादी पार्टी, राष्ट्रिय यर्थातबादी पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, जनशक्ति पार्टी नेपाल दलित पार्टी, नेपाल युवा किसान पार्टी रहेका छन् ।
त्यस्तै देशभक्त समाज, हाम्रो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल दर्शन, नेपाल सुकुम्बासी पार्टी, नेपाल लोकतान्त्रिक जनता काँग्रेस, नेपालबाद, देशभक्त लोकतान्त्रिक पार्टी र युवा नेपाल पार्टी रहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।
यी राजनीतिक पार्टीलाई प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश १ र २ तथा प्रतिनिधिसभा क्षेज्ञ नं २ को प्रदेशसभा १ र २ मा शून्य मत पाएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धादिङ जिल्लामा ४९ राजनीतिक दलका प्रतिनिधिले भाग लिएका छन् ।
२०७४ मंसिर २९ गते प्रकाशित