Wed. May 14th, 2025

रोशन फ्युबाले ल्याए म्हेन्दोमाया गीत (भिडियो सहित)

२ पुस,  धादिङ –

गायाक तथा संगीतकार रोशन फ्युबाको नयाँ म्हेन्दोमाया गीत सार्वजनिक भएको छ । ङोरी मुपाला बोरी खपला वि , बोरी मुपला का ङोरी खपला – भाग्यमा भएको भाग मा परेको कि भाग मा भएको भाग्यमा परेको भन्ने सान्दर्भिक शब्द हरुको सम्योजन रहेको यस् गीतलाई गायक आँफैले रचना गरी संगीत भरेको हो ।

गायन मा फ्युबा लाई चर्चित सेलो गायिका जितु लोप्चन ले साथ दिएका छन भने अभिनय मा म्हेन्दोमाया गायिका तथा मोडल छिमी मम्बा ले साथ दिएका छन । मङ्सिर महिनाको अन्तिम दिन सार्नजनिक गरेको भिडियोलाई सबैले तारिफ गरेको फ्युबाले बताए ।

धेरै गीत तथा चलचित्र हरुमा निर्देशन गरिसकेका फ्युबाको यो पहिलो अभिनय भने होइन तर यो भिडियोमा फरक तरिकाले आफुलाई प्रस्तुत गरेको बताउछन । रोशन फ्युबा को सोचलाई निर्देशक राज किङ वाइबा ले निर्देशन् र मरुभुमिले छायान्कन सम्हालेका छन ।

दोस्रो म्हेन्दोमाया युजिक अवार्ड लाई लक्षित गरी भनाएको यस् भिडियो मा मान्छेको जीवन मा आइपर्ने समयक्रम लाई देखाउन खोजिएको छ । ४ वटा खन्ड मा बिभाजित रहेको द्रिस्यहरुमा रोशन फ्युबा र छिमी मम्बा को काल्पनिक जोडी निकै सुहाएको देखिन्छ ।

About The Author

अन्य समाचारहरु: