Sat. Jul 5th, 2025

ललितपुरमा भेटियो सिंहदरबारबाट चोरिएको गाडीको टायर

२ पुस,  काठमाडौं –

सिंहदरबारबाट चोरी भएको टोयटा हाइलक्स गाडीको टायर ललितपुरको एक सर्भिस सेन्टरमा भेटिएको छ । साथै, टायर चोरीमा सिंहदरबारस्थित सरकारी कार्यालयकै ड्राइभरको संलग्नता खुलेको प्रहरीले जनाएको छ । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा १ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीको चारवटै टायर चोरी भएको थियो ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार सिंहदरबारभित्रै पार्किङ गरेका थिए । तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको श्रेष्ठले बताए । घटना सार्वजनिक भएको केही घन्टामै प्रहरीले चोरी भएको टायर ललितपुरको यूएन पार्क नजिक बारही टायर सर्भिस सेन्टरमा भेट्टाएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर भोजराज पाण्डेले दिएको जानकारी अनुसार स्थानीय विकास वित्तिय सुधार आयोगका सवारी चालक चन्द्रबहादुर मुक्तानले टायर चोरी गरेको खुलेको छ । फरार उनको खोजी भइरहेको छ ।

२०७४ पुस २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: