Sat. Jul 5th, 2025

मोरङमा पर्खाल भत्कदा १ को मृत्यु, ३ जना घाइते


३ पुस, विराटनगर

मोरङको विराटनगर–४ स्थित केशलिया खोलानजिकै निर्माणाधीन अवस्थामा रहेको म्याजिक चप्पल कारखाना भवनको पर्खाल भत्किँदा एक कामदारको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
आइतबार साँझ अचानक कारखानाको पर्खाल भत्किँदा सोही कारखानामा कार्यरत दुहबी– १३, सुनसरीकी ४५ वर्षीया कलावतीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा विराटनगर–४ का ५० वर्षीय रतन माझी, दुहबी भलुवा नगरपालिका– ११ का २५ वर्षीय रमेश मण्डल र सोही स्थानका ३५ वर्षीय वीरनारायण चौधरी घाइते भएका छन् ।
उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

निर्माणाधीन भवनमा पिलर नहाली पर्खाल बनाइएकाले दुर्घटना भएको मृतकका आफन्त विनोद चौधरीले आरोप लगाए ।
उद्योग निर्माण पक्षको लापरबाहीका कारण मजदुरको मृत्यू भएको भन्दै आफन्तले घाइतेलाई उपचार र मृतकको परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

      २०७४ पुस ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: