
६ पुस, काठमाडौँ
नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ ।
यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारी स्तरबाट पहिलोपटक मापन गर्न लागेको हो ।
सगरमाथाको आधिकारिक उचाइ सर्वे अफ इण्डियाको १९५४ को मापन आठ हजार ८ सय ४८ मिटरलाई मान्दै आएको छ ।
नापी विभागले बिहिबार पत्रकार सम्मेलन गरी १२ वटा बिन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको जानकारी दिएको छ ।
सम्मेलनमा विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनका लागि समुद्र सतहदेखि गर्नुपर्ने भएकाले समुद्रदेखि भारतीय भू–भाग भारत र चिनियाँ भू–भागका लागि चीन सरकारलाई मापन गर्न अनुरोध गर्ने बताएका छन् ।
२०७४ पुस ६ गते प्रकाशित