
९ पुस, धादिङ –
गायक खेमजी रानाको मौलिक चुट्का कौरा यो नानीको आखै गाजले बजारमा आएको छ।
गायक सर्जक खेमजी रानाकै शब्द संगीत तथा दुर्गा गुरुङको संगीत संयोजन रहेको गीत स्वयम खेमजी राना संगै खुस्बु बिन्दा मगर, इरिशा पाटा,बिबेक आले र कृष्ण आलेको स्वर रहेको छ। मनांङ गुरुङको निर्देशन तथा दुर्गा पौडेलको छायांकन रहेको गीतलाई बिष्णु शर्माले सम्पादन गरेका छन।
खेमजी राना संगै ओनिका,सन्तोसी, बबिता, बिनिता, लक्ष्मी, सोफिया, सपना, रोमी स्मृति र पार्वतीको नृत्य तथा अभिनयले भिडियोलाई थप सुन्दर तथा आकर्षक बनाएको छ।
२०७४ पुस ९ गते प्रकाशित