Sat. Jul 5th, 2025

क्रिसमस डे मनार्इंदै, आज सार्वजनिक बिदा


१० पुस,  धादिङ –

इसाई धर्मावलम्बीले सोमबार डिसेम्बर २५ का दिन क्रिसमस डे मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा डिसेम्बर २५ तारिखमा क्रिसमम डे मनाउने गरिएको हो ।

‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थल झिलिमिली बनाइएको छ । क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायत ठाउँमा विशेष कार्यक्रम हुँदैछ । धादिङमा पनि विशेष कार्यक्रमको आयोजना गरिदैछ ।

राष्ट्रिय ख्रिष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजका अनुसार नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको हो ।

अहिले नेपालमा १२ हजार भन्दा धेरै चर्च र ३० लाखभन्दा बढी ख्रिष्टियन समुदाय रहेको राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालले जनाएको छ । क्रिसमस डे को अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

२०७४ पुस १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: