Sat. Jul 5th, 2025

महादेवस्थामा प्रदशनी मेला


१७ पुस,  धादिङ –

नागरिकता व्यक्तिगत घटना दर्ता र एकल महिला सुरक्षा कोष सम्बन्धी प्रदशनी मेला सम्पन्न भएको छ ।

धादिङको वेनिघाट रोराङ गाउपालिका अन्तर्ग ताल्तिमा अक्सफाम र फोकस नेपालले सो पर्दशनी मेला सम्पन्न गरेको हो ।

प्रदशनी मेलामा समुदायमा रहेका व्यक्तिहरुले आफ्ना समस्याहरु राख्ने समाधानको उपाय वुझ्ने मौका पाएका थिए । मेलामा नागरीकता जन्मदर्ता नवनाएका र त्यसको महत्व वुझ्न नसकेका नागरीकहरुले सेवा लिएका थिए ।

यसैगरी भुकम्प गएको २ वर्ष वितीसक्दा पनि पुननिर्माणमा चासो नदिनुको कारण र सरकारले दिने अनुदान रकम नलिएका यसको सुचना लिने मौका नपाएका नागरीकहरुले सुचना लिएका थिए ।
वेनिघाट रोराङ गाउँपालिकामा वढि चेपाङहरुको वस्ती रहेको र सुचना प्रवाह गर्ने माध्यममा अलि पछाडी परेका हुनाले त्यस क्षेत्रलाई मध्यनजर गर्दै मेला राखीएको फोकस नेपालका कार्यक्रम प्रमुख रामहरी पन्तले बताए ।

प्रदशनीमा नागरीकता नवनाएका हरु ११ जना रहेका थिए जसमा ३ जना नागरीकको नागरीकता फोकस नेपालको अगुवाईमा वनाईदिएको उनले वताए । लगभग ३०० जनाले अवलोकन गरेको उक्त मेलामा ५८ जनाले पुननिर्माणको विषयमा जानकारी लिएका थिए ।

२०७४ पुस १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: