Sat. Jul 5th, 2025

पत्रकार महासंघ धादिङका उपाध्यक्ष मोटरसाइकल दुर्घटनामा घाईते


१७ पुस,  धादिङ –

नेपाल पत्रकार महासंघ धादिङ शाखाका उपाध्यक्ष गोविन्द बुढाथोकी सोमबार मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाईते भएका छन् ।

कामको सिलसिलामा गजुरीबाट धादिङबेसी फर्कदै गर्दा बुढाथोकी सवार बा ६८ प ३१२३ नम्बरको मोटरसाइकललाई मलेखुतर्फ जाँदै गरेको ना ५ ख ३७६४ नम्बरको ट्रकले धादिङको सिद्धलेक गाउँपालिका १, कालीदहस्थित कालुपाण्डे लोकमार्गमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

घाईते बुढाथोकीको जिल्ला अस्पताल धादिङबेसीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले एक प्रेस विज्ञप्ति जारी गर्दै घाईते बुढाथोकीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

२०७४ पुस १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: