Sat. Jul 5th, 2025

धादिङको बुढाथुममा ट्याक्टर पल्टिदाँ दुई जनाको मृत्यु, १ जना घाईते


१८ पुस, धादिङ –

धादिङको गंगाजमुना गाउँपालिका – ७ बुढाथुममा ट्याक्टर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

गोरखाको आरुघाटबाट बालुवा लिएर बुढाथुम जाँदै गरेको रु ३ त ८७९९ ट्याक्टर सोमबार राती सडकबाट २५ मिटर तल पल्टिएको थियो ।

मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना ६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका सरोज परियारको आरुघाटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

२०७४ पुस १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: