
????????????????????????????????????????????????????????????
१८ पुस, हेटौंडा –
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कटुवाल निर्वाचित भएका छन् । सोमबार भएको मतदानको मतपरिणाम अनुसार १ हजार २६ मत प्राप्त गर्दै कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी महेन्द्र राउतले ८ सय ३८ मत प्राप्त गरे । संघको उपाध्यक्षमा वाणिज्यतर्फ कृष्णकुमार गुप्ता, उद्योगतर्फ माधव न्यौपाने र एसोसिएटतर्फ गणेश भेटवाल तथा बस्तुगततर्फ रामप्रसाद न्यौपाने भने सर्वसम्मत निर्वाचित भएका छन् ।
वाणिज्यतर्फ सदस्य पदमा अनिल अग्रवाल, कुलप्रसाद चौलागाई , माधव ज्ञवाली , दिवस पराजुली काव्यमणि अधिकारी कृष्णप्रसाद ढुंगाना र रवि शर्मा कँडेल निर्वाचित भएका छन् । उद्योगतर्फ प्रमोदसिंह रानाभाट रुपकराज दाहाल सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी निर्वाचित भएका छन् । उद्योगतर्फ महिला आरक्षण कोटामा प्रतिमा श्रेष्ठ विजयी भएका छन् ।
एसोसिएटतर्फ सदस्य पदमा विष्णु खनाल, विष्णुगोपाल महर्जन र राजाराम कार्की विजयी भएका छन् । एसोसिएटतर्फ नै हेटौंडा औद्योगिक क्षेत्रका उम्मेद्वार दीपक उप्रेती विजयी भएका छन् । २७ सदस्यीय कार्यसमितिमा ७ जना सर्वसम्मत निर्वाचित भएका थिए भने २० जना निर्वाचनको प्रक्रियाबाट चुनिएका हुन् ।
वस्तुगततर्फ उपाध्यक्षमा रामप्रसाद न्यौपानेसहित सदस्यमा वस्तुगततर्फ राजु अधिकारी र सुनिल अधिकारी, एसोसिएटतर्फ बहुराष्ट्रिय कम्पनिबाट शान्तिराम धिमाल, वाणिज्यतर्फ महिला आरक्षणमा निलम बैद्य र राधिका सामरी पाण्डे, वाणिज्यतर्फ मनहरी क्षेत्र आरक्षणमा कृष्णहरि बर्तौला, निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिमा ३ जना महिला चुनिएका छन् ।
२०७४ पुस १८ गते प्रकाशित