
१९ पुस, धादिङ –
मुक्तिनाथ विकास बैकले १२ औँ वार्षिकउत्सवको अवसरमा मलेखुमा रहेको भद्रकाली जेष्ठ नागरिक सेवा आश्रम र वेदिवदा आश्रम विद्यालयलाई सहयोग गरेको छ ।
धादिङको गजुरी गाउँपालिका २ मलेखुमा रहेको भद्रकाली मन्दिरको बृद्धाआश्रममा रहेका बृद्धबृद्धालाई न्यानो कपडा तथा खाद्यन्न सामग्री वितरण गरेको हो । आश्रममा रहेका १५ जना वृद्धवृद्धालाई वितरण गरिएको बैकले जनाएको छ । न्यानो कपडा पाएपछि वृद्धवृद्धाहरु खुसी भएका छन् ।
जनता बैकमा होइन, बैक जनतामा जानुपर्छ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका अवसरमा गुरु कुलका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री समेत वितरण गरिएको बैकका ब्रान्स म्यानेजर सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
२०७४ पुस १९ गते प्रकाशित