Sat. Jul 5th, 2025

धनकुटामा चौथो दिन पनि आमहड्ताल

२२ पुस ,धादिङ

प्रादेशिक राजधानीको माग राख्दै धनकुटामा चार दिनयता जारी आमहड्तालले जनजीवन कष्टकर बनेको छ ।
बिहानैदेखि आन्दोलनरत पक्षले कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा प्रदर्शनलाई जारी राखेका छन् । सरकारले आफ्नो माग नसुनेकाले आन्दोलनलाई शसक्त पारिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले वताए ।

प्रदेशसभा सदस्य निरन राईको संयोजकत्वमा बसेको सर्वदलिय बैठकले आजदेखि बन्दलाई अझ सशक्त पारिने जनाएको छ ।

सो बैठकले सरकारी, गैरसरकारी कार्यालय, शिक्षण संस्था तथा जिल्लास्थित सात वटै स्थानीय तह बन्द गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
राजनीतिक दलका स्थानीय नेताहरुले संयुक्त विज्ञप्ती जारी गरेर आमहड्ताप्रति ऐक्यवद्धता व्यक्त गरेका छन् ।

  २०७४ पुष २२ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: