Sat. Jul 5th, 2025

धादिङ जिल्ला फुटबल संघको अध्यक्षमा दिपक खतिवडा


२२ पुस,  धादिङ –

धादिङ जिल्ला फुटबल संघको अध्यक्षमा दिपक खतिवडा चयन भएका छन् ।

शनिबार धादिङको बेनिघाट रोराङ गाउँपालिकामा भएको साधारणसभा तथा अधिवेशनले खतिवडा अध्यक्षता रहने गरी नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षहरुमा दिवश सागर श्रेष्ठ, रमेश अधिकारी, मनराज गोदार, रामराजा रेग्मी, महासचिवमा रामहरी थापा, सचिवमा राजेन्द्र सुवेदी र कोषाध्यक्षमा उत्तम सुवेदी चयन भएका छन् ।

  त्यस्तै कार्यसमिति सदस्यमा दिनेश रुपाखेती, विजय लामा र सुरेश लामा रहेका छन् ।

कार्यक्रमको धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद भूमि त्रिपाठीले उद्घाटन गरेका थिए ।

२०७४ पुस २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: