Fri. Jul 4th, 2025

पूर्वसांसद डा. बाबुराम पोखरेलको निधन

????????????????????????????????????

२३ पुस, काठमाडौँ

पूर्वसांसद तथा निजी विद्यालय सञ्चालक डा. बाबुराम पोखरेलको आइतबार ६७ वर्षको उमेरमा निधन भएको छ।

श्वासप्रश्वासमा समस्या भएर काठमाडौंको नर्भिक अस्पताल लगिएका पोखरेलको आइतबार विहान निधन भएको परिवारका सदसेलय जनाएका छन्।

निजी विद्यालयहरुको संगठन प्याब्सनको पूर्वअध्यक्षसमेत रहेका पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिक निर्वाचन पद्धतितर्फबाट सांसद बनेका थिए।

गोरखा स्थायी घर भएका पोखरेल काठमाडौंका भिएस निकेतन स्कुलको सञ्चालक हुन्।

२०७४ पुस २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: