

२३ पुस, धादिङ –
साना किसान कृषि सहकारी चैनपुरमा विवाद उत्पन्न भएको छ ।
१८ औँ वार्षिक साधारणसभा तथा अधिवेशनको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । सहकारी संघका केन्द्रिय अध्यक्ष खेम पाठकको नेतृत्वमा सदस्यहरुको बहुमत नपुगि अधिवेशन गरेको छ ।
साधारणसभामा ३३ प्रतिशत महिला सदस्य नपुगेको, अध्यक्षका प्रतिस्पर्धी दुई जनाले साधारणसभा बहिष्कार गरेको सदस्यहरुले आरोप लगाएका छन् । संस्थाको नियम विपरित अन्तर समूह फुटाएको र अनियोचित ढंगले साधारणसभा गरेको संस्थाका एक सदस्यले जानकारी दिए ।
सहकारीमा १४ सय सदस्यहरु छन् । साधारणसभामा ५ सय मात्र सदस्यहरु उपस्थित थिए । सहकारीका एक सदस्यका अनुसार अधिवेशन सबैको सहमतिमा गर्ने भनिएपछि भोटिङ प्रणाली लागु गरेर कार्यसमिति चयन गरेको छ । विवादका बीच सदस्यहरुको अनुमति बिनै धर्म अर्याल अध्यक्ष रहने गरी नयाँ कार्यसमिति चयन गरेको छ ।
२०७४ पुस २३ गते प्रकाशित