
२३ पुस, धादिङ –
जिल्ला मालपोत कार्यलय धादिङका नायब सुब्बा राधाकृष्ण नेपाल मृत अवस्थामा भेटिएका छन ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको खटौती खोलास्थित त्रिशुली नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
त्रिशुली नदीमा मानिसको शव तैरिरहेको देखेपछि स्थानीयहरुले प्रहरीलाइ खवर गरेका थिए । प्रहरीले शव नदीबाट निकालेपछि शवको पहिचान गर्दा हराइरहेका राधाकृष्णको नै हो भनेर पुष्टि भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
१० दिनदेखि परिवार र मालपोत कार्यलयको सम्पर्कमा नरहेका नेपालको खोजीका लागि श्रीमतीले खोजी गरिपाउँ भन्दै जिल्ला प्रहरी कार्यलय धादिङमा निवेदन दिएकी थिइन । प्रहरीले विभिन्न ठाउँठाउँमा सिभिल प्रहरी खटाई खोजी कार्य गरेको थियो ।
अख्तियारले मालपोत कार्यलयको फाइल अनुसन्धान गरेपछि नेपाल कात्तिक ३० गते निलम्वनमा परेका थिए । सुनसरी नपा १३, घर भएका नेपाल विगत लामो समयअघि देखि जिल्ला मालपोत कार्यलय धादिङमा कार्यरत थिए ।
२०७४ पुस २३ गते प्रकाशित