

२४ पुस, धादिङ –
पानीको समस्याले धान बाली लगाउन कठिनाई भोग्दै आएका किसानहरुको समस्या टरेको छ । सिंचाईका लागि कुलोमा पानी आएपछि अहिले तीनबाली लगाउन थालेका छन् । मंसिरको धान काटे लगत्तै आलु, गहुँ लगायत अन्य हिउँदे तरकारीहरु लगाउन सुरु गरेका छन् । कुलोमा पानी संचालन भएसंगै आफुहरुले सिजन अनुसारको नगदे तथा खाद्यन्य बाली लगाउन पाउने त्यसको विक्रिबाट आम्दानी समेत बढ्ने किसानहरुको भनाई छ ।
जिल्ला सिंचाई कार्यालय धादिङलाई पटक पटक बिग्रीएको कुलो मर्मतका लागि आग्रह गर्दा समेत विभिन्न कारण देखाई बेवास्था गरे पछी किसानहरुकै आग्रहमा प्रयास नेपालले ८० प्रतिशत र गाँउलेहरुको जनश्रमदान विस प्रतिशतमा दरिगाल खोलाबाट कुलो बनाई पानी ल्याईएको हो ।
अहिले निर्माण गरिएको कुलोमा किरान्चोकका करिव एक हजार रोपनी खेतमा सिंचाईको सुविधा हुने किसानहरुले बताएका छन् ।
करिव २६ लाख बरावरको आर्थिक सहयोग गैर सरकारी संस्थाले गरेको र पाँच लाख स्थानीय किसानहरुको जनश्रमदानमा कुलो निर्माण कार्य सम्पन्न भएको किसानहरुको भनाई छ । अहिले निर्माण भएको कुलो भने अरसिसि ढलान गरी निर्माण गरिएको छ । अब भने किसानहरुले दुई बाली धान खेती गर्ने र हिउदमा भने तरकारी लगाएत अन्य नगदेबालीको खेती गर्ने जनाईएको । जस्का कारण किसानहरुको आम्दानी समेत बढ्ने र उनिहरुको आर्थिक स्थर उन्नती हुने देखिन्छ । अक्सफामको साझेदारीमा प्रयास नेपाल धादिङले नेपाल भूकम्प प्रतिचकार्य कार्यक्रम अन्र्तगत गजुरी गाउँपालिकाको वडा नं। ७ र ८ मा ३÷३ सिंचाई योजना मार्फत सिंचाई कुलो मर्मत गर्न सहयोग गरेको कार्यक्रम व्यवस्थापक उमेश नकर्मीले जानकारी दिए।
प्रयास नेपालको सहयोगमा वेल्खुखोला,आरुवोटे, मन्ध्रमुरे सिंचाई मर्मत आयोजना गजुरी ७ मा ५९ रोपनीमा सिंचाई सुविधाबाट १४२ घरधुरी, लाभान्वीत हुने योजनाको लागत ११ लाख ३५ हजार ७सय ६३ रहेको छ ।
यसै गरी लेटेठांटी सिंचाई कुलो मर्मत सुविधाबाट ३४घरधुरी लाभान्वीत हुने र योजनाको लागत १३ लाख ९९ हजार ४ सय ५२,दुलनटार सिंचाई मर्मतबाट ७२ घरधुरी लाभान्वीत हुने र योजनाको लागत रकम १६ लाख २५ हजार २९ रुपैया रहेको कार्यक्रम अधिकृत दिपक कुवरले जानकारी दिए । कुबरका अनुसार तल्लो खाल्टे सिंचाई मर्मतबाट ३४ घरधुरी लाभान्वीत र योजनाको लागत १० लाख ९७हजार ३९ रुपैयामा र्सिचाई कुलो र्मर्मत कार्य संचालन हुनेछ ।
यसै गरी पात्लेमाल्टार सिंचाई मर्मतबाट ४५० रोपनी सिंचाई सुविधाबाट ७५ घरधुरी लाभान्वीत र योजनाको लागत १५ लाख १० हजार ८ सय ९२,लामकुलो सिंचाई मर्मतबाट ४५घरधुरी लाभान्वीत योजनाको लागत ९ लाख १५ हजार १९ रुपैया र वट्टार सिंचाई कुलो मर्मतबाट ७८घरधुरी लाभान्वीत योजनाको लागत १९ लाख ३७ हजार ४ सय ४१ मा सिंचाई कार्य सम्पन्न हुने कार्यक्रम व्यवस्थापक उमेह नकर्मिले जानकारी दिए ।
२०७४ पुस २४ गते प्रकाशित