

२४ पुस, सिरिया –
सिरियाको इडलिबमा भएको विस्फोटमा कम्तिमा २३ जनाको ज्यान गएको छ ।
बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ ।
विस्फोटमा परि ज्यान गुमाउनेमा सातजना सर्वसाधारण नागरिक रहेका छन् । इडलिब ब्रिदोहीको हेडक्वाटरको रुपमा रहँदै आएको छ । विस्फोटको कारण खुलेको छैन । केहीले कार बम विस्फोट भएको बताएका छन् भने केहीले ड्रोन आक्रमण रहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।
२०७४ पुस २४ गते प्रकाशित