Sat. Jul 5th, 2025

चेपाङ समुदायलाई न्यानो कपडा वितरण

२५ पुष, धादिङ

बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर २ अन्तर्गत ब्रुसबाङका चेपाङ परीवारलाई न्यानो कपडा वितरण गरीएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितीको अगुवाईमा सोमवार ब्रुसबाङका ३६ चेपाङ परीवारलाई न्यानो कपडा तथा अन्य आवश्यक वितरण गरीएको हो ।

जिल्लामा क्रियाशिल विभिन्न गैरसरकारी संघ सस्थाले उपलब्ध गराएको सामाग्रीहरु साहायका प्रमुख जिल्ला अधिकारी धोलक राज ढकालले चेपाङ परीवारलाई वितरण गरेका थिए ।

प्रत्येक परिवारको लागि २० देखी २५ हजार बराबरको सामाग्री वितरण गरीएको फियान नेपालका राजेन्द्र बस्नेतले वताए ।
चिसोमा कठ्याङ्ग्रियर जिवनयापन गरीरहेका चेपाङ परीवार न्यानो कपडा र अन्य सामाग्री पाएपछि खुसी भएका छन् ।

  २०७४ पुष २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: