
२८ पुस, काठमाडौँ
नेपाली नागरिक लक्ष्मीसुन्दर गाईन्जू श्रीलंकामा ‘नागरिक वीरता स्वर्ण पदक’द्वारा सम्मानित भएका छन् ।
गाईन्जूलाई श्रीलंकाको राजधानी कोलम्बोमा शुक्रबार आयोजित विशेष समारोहमा त्यहाँका सभामुख करु जयसूर्याले सम्मान गरेका हुन् । सो सम्मान पाउने गाईन्जू पहिलो नेपाली नागरिक हुन् ।
नेपालमा विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा आफ्नो ज्यानको परवाह नगरी सर्वसाधारणको उद्धार गरे बापत गाईन्जूलाई सो पदकद्वारा सम्मानित गरिएको हो ।
गाईन्जूले उक्त दिन भक्तपुरको जेँला टोलमा भूकम्पले घर भत्किएर च्यापिएका आठ परिवारका २१ जनाको जीवितै उद्धार गरेका थिए । उनी भूकम्पपछि निरन्तर पीडितको सेवामा खटिँदै आएका छन् ।
२०७४ पुस २८ गते प्रकाशित