
२९ पुस, धादिङ –
त्रिभुवन राजपथ अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ५ दामेचौरमा शनिबार स्कारपियो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
मकवानपुरबाट काठमाण्डौँ तर्फ जाँदै गरेको बा १६ च ८७७३ नम्बरको स्कारपियो अनियन्त्रित भई पल्टिँदा चितवन रत्ननगरपालिका ७ का ३८ वर्षिय चालक भाजुराम महतोको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार उक्त जिप सडकबाट झण्डै ८ सय मिटर तल खसेको थियो । दुर्घटनामा सोहि ठाउँकी ३० वर्षिया खिम कुमारी महतो घाईते भएकी छन् । घाईते महतोको धार्के स्थित स्थानीय अस्पतालमा उपचारमा भईरहेको छ ।
२०७४ पुस २९ गते प्रकाशित