

३० पुस, संखुवासभा –
संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार जीप दुर्घटना हुदाँ गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ ।
सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा५ च १३०९ नम्बरको पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा झरेर दुर्घटनाग्रस्त भएको हो ।
यो दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए ।
दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको संखुवासभा प्रहरीले जनाएको छ ।
२०७४ पुस ३० गते प्रकाशित