Sat. Jul 5th, 2025

ग्रामीण यातयात सहकारीद्धारा सांसदलाई बधाई तथा सम्मान


३० पुस,  धादिङ –

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचित सांसदलाई ग्रामीण यातयात सहकारी संस्था लिं ले बधाई तथा सम्मान गरेको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरी मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदलाई सम्मान गरेको हो ।

सम्मानपछि बोल्दै प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद खेमप्रसाद लोहनी र प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं २ का सांसद शालिकग्राम जमरकट्टेलले निर्वाचनमा सहयोग गर्ने सबैलाई बधाई दिदैँ धादिङको विकासमा सदैव लागि पर्ने बताएका छन् ।

ग्रामीण यातयात सहकारी संस्था लिं का अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

२०७४ पुस ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: