Sat. Jul 5th, 2025

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा प्रधान विजयी


२ माघ,  चितवन –

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सहनलाल प्रधान विजयी भएका छन्। प्रधान ३ सय ४३ मतान्तरका साथ अध्यक्षमा विजयी भएका हुन् ।

सोमबार साँझ सम्पन्न मतगणनामा प्रधानले १४८९ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी राजु श्रेष्ठले ११४६ मत प्राप्त गरे ।  यस्तै वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ, वाणिज्य तर्फको उपाध्यक्षमा इ.भोजराज कौडाल, उद्योग तर्फको उपाध्यक्षमा समुनकुमार श्रेष्ठ, वस्तगुत तर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी भएका छन् ।

त्यसैगरि उद्योग तर्फको कार्यसमिति सदस्यहरुमा अशोक अधिकारी, सोमप्रसाद काप्री, सिद्र्धालाल चुके, इ।कृष्णप्रसाद रिजाल, चन्द्रमणी सापकोटा , रोहितकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै वाणिज्य तर्फको सदस्यमा इश्वरीप्रसाद खराल, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, लक्ष्मी रिमाल पौडेल, तारानाथ पाठक, थिरप्रसाद धिताल निर्वाचित भएका छन् । महिला सदस्यमा भने रजनी मास्के विजयी भएकी छन् । संघको यसअघि नै मनोनयन दर्ताको समयमै तीन जना सदस्य निर्विरोध निर्वाचित भईसकेका छन् ।

२०७४ माघ २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: