Sat. Jul 5th, 2025

पत्रकार आक्रमणको घटनाप्रति महासंघको भत्र्सना

 

२ माघ, काठमाडौं

समाचार संकलनका क्रममा गोरखाका पत्रकार सुदीप कैनीमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ ।

महासंघ महासचिव रमेश विष्टले विज्ञप्ति प्रकाशित गरी पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने संबैधानिक र कानुनी अधिकार माथिकै आक्रमण भएको भन्दै पत्रकार कैनीको उपचार र क्षतिपूर्त्तिको व्यवस्था मिलाउन माग गरेका हुन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित मर्स्याङ्दी नदीको भूते रह घाटमा भइरहेकेा अवैध बालुवा उत्खननको समाचार संकलन गर्न गएका पत्रकार सुदीप कैनीमाथि सोमबार आक्रमण भएको थियो ।

आक्रमणबाट उनको घाँटी र शरीरको विभिन्न भागमा चोट लागेको छ । कान्तिपुर दैनिकका गोरखा संवाददाता रहेका कैनीको क्यामेरा समेत फुटाइएको थियो ।

    २०७४ माघ २ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: