
३ माघ, चितवन-
आईतबारदेखि ४ दिनसम्म २४ सै घण्टा खुला गराईएको नारायणगढ–मुग्लिन सडकखण्ड बुधबार रातिबाट पुनः बन्द हुने भएको छ ।
माघे संक्रान्ति मेलामा देवघाट दर्शनका लागि आउने भक्तजनहरुको सुविधालाई ख्याल गरी पुस २९ देखि माघ २ गतेसम्म सडक सुरु गरिएको थियो ।
अब पुनः राति काम सुरु हुने भएकोले सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।
सम्झौता मिति सकिन एक महिना मात्र बाँकी हुँदा आयोजनाको काम ६८ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।
२०७४ माघ ३ गते प्रकाशित