Sat. Jul 5th, 2025

नेविसंघको प्रदेश स्तरीय प्रशिक्षण धादिङबेसीमा

३ माघ, धादिङ

नेपाल विद्यार्थी संघले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम बुधवार धादिङबेसीमा भएको छ ।

निर्वाचन पछिको नेविसंघको भूमिका विषयक एक दिने प्रशिक्षणमा प्रदेश नं ३ अन्गर्गत १३ जिल्लाका तीन सयभन्दा भन्दा बढी विद्यार्थीहरुको सहभागितामा रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी नेपाली काङग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले लोकतन्त्र भनेको पद्धती संगै प्रक्रिया पनि हुनुपर्ने र व्यक्तिको शाशन नभई विधीको शाशन हुनुपर्ने वताए । उनले नेपाली काङग्रेस पछि पर्नुको कारण काङ्ग्रेसमा नै गुटक भित्रको गिरोह रहेको वताए ।

प्रशिक्षण कार्यक्रममा वोल्दैनेता अर्जुननरसिंह केसीले निर्वाचनको परिणामपछि महासमिति बैठक बोलाउने वा विशेष महाधिवेशन बोलाउने भन्नेमा समेत नेताहरूले धारणा सार्वजनिक गर्न थालेको भन्दै त्यसका लागि तत्कालै केन्द्रीय समिति बैठक बोलाइनुपर्ने बताए। ‘पार्टी विधिबाट चल्नुपर्छ, अब कसरी अघि बढ्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकबाटै हुनुपर्छ, त्यसका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाइनुपर्छ,’ नेता केसीले भने।

उनले नेपाल विद्यार्थी संघका विद्यार्थीहरु विधीसंग पारदर्शी र यतार्थवाद भएर लाग्न आग्रह गरे । दोसारोपणको खेलमा लागियो भने नेपाल विद्यार्थी संघ अगाडी वढ्न नसक्ने जिकीर गरे । शक्ति भन्दा पनि सत्यको पछि लाग्नुपर्ने उनले उदाहरण प्रस्तुत गरे । नेपाल विद्यार्थी संघ जिल्ला अधक्ष्य ईश्वर अधिकारीको अधक्ष्यतामा भएको प्रशिक्षणमा नेपाली काँग्रेसका नेता अर्जुन नरसिँह केसी, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

२०७४ माघ ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: