Sat. Jul 5th, 2025

राष्ट्रियसभा निर्वाचनःउम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

१५ माघ, काठमाडौ

माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको निर्वाचन आयोगले अन्तिम नामावली आज प्रकाशन गर्ने भएको छ । सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यामार्फत अन्तिम नामावली प्रकाशन हुने भएको हो।

दिउँको ४ बजे नामावली प्रकाशन र त्यसपछि निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। उम्मेदवारी दिएका ८३ मध्ये आयोगले एक जनाको उम्मेदवारी रद्द गरेको छ। प्रदेश नम्बर ४ अन्तर्गत अपांगता कोटाबाट उम्मेदवारी दिएका एमालेका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको हो।

निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ५ सय ६ तथा ५ सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। प्रदेश नं १ मा ३ सय ६७, प्रदेश नं २ मा ३ सय ७९, प्रदेश नं ३ मा ३ सय ४८, प्रदेश नं ४ मा २ सय ३०, प्रदेश नं ५ मा ३ सय ५, प्रदेश नं ६ मा १ सय ९८ र प्रदेश नं ७ मा २ सय २९ मतदाता रहेको आयोगले जनाएको छ।

आगामी निर्वाचनबाट तीन महिला, एक दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसहित प्रत्येक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन्। ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ।

२०७४ माघ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: