

१७ माघ, धादिङ –
बाटोमा भेटिएको नगद र महत्वपुर्ण कागजपत्रहरु भएको मनिपर्स (ब्याग) सम्बन्धित धनीलाइ नै फिर्ता गरिएको छ ।
मंगलबार धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ साँकोषका परशुराम सापकोटाले काठमाण्डौ मनमैजुमा धादिङ चैनपुरकै इन्द्र बहादुर आयार्यको नागरिकता, नेपाली रुपैया दश हजार, केही विदेशी रकम तथा अन्य महत्वपुर्ण कागजपत्रहरु रहेको ब्याग फेला पारेका थिए ।
धादिङ आउदै गर्दा ब्याग फेला परेपछि फेसवुकमा नागरिकता सहित ब्याग फेला परेको सुचना राखेपछि ब्याग हराउने इन्द्र बहादुर आचार्य सम्पर्कमा आएका थिए । मंगलबार नै आफुले फेला पारेको नगद सहितको ब्याग सम्वन्धीत धनीलाइ नै फिर्ता गरिएको सापकोटाले बताए ।
धादिङ चैनपुर घर भएका इन्द्र बहादुर आचार्य केही दिन अघि मात्रै बैदेशिक रोजगारीबाट घर फर्किएका थिए । काठमाण्डौ मनमैजुमा आफुले ब्याग हराएको भएपनि हराएको ब्याग र पैसा सहित सवै सामान फिर्ता पाएकाले साहै्र खुसी लागेको आचार्यले बताए ।
२०७४ माघ १७ गते प्रकाशित