
२४ माघ, धादिङ
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वुधवार धादिङवेशीमा आधुनिक गायन प्रस्तुति कार्यक्रम गरेको छ ।
निलकण्ठ नगरपालिकाको सहयोगमा नेपालको साङ्गीतिक क्षेत्रलाई अझै सम्वृद्ध बनाउन निरन्तर क्रियाशिलताको कामना गर्दै सो कार्यक्रको आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा र प्राज्ञ परिषद् सदस्य तथा संङ्गीत विभाग प्रमुख उन्नती बोहोरा शीला विशेष उपस्तिथी रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचान दिनको लागि सङ्गीत महत्वपुर्ण रहेको बताए ।
गायन प्रस्तुती कार्यक्रममा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुती राखेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी , प्रहरी उपरिक्षक धुर्वराज राउत तथा साङ्गीतिक प्रेमीहरुको उपस्तिथी रहेको थियो ।
२०७४ माघ २४ गते प्रकाशित