
२६ माघ, काठमाडौं
एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् ।
दलको नेता चुन्न एमालेले शुक्रबार गरेको चुनावमा अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका थिए । चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाएका छन् भने शाक्यले २४ मत पाए ।
जीत सँगै पौडेल प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
२०७४ माघ २६ गते प्रकाशित