Fri. Jul 4th, 2025

महाशिवरात्रिदेखि पाशुपती क्षेत्रमा गाँजा र लागूपदार्थको प्रयोगमा रोक

२६ माघ, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषले यसपालीको महाशिवरात्रिदेखि पाशुपत क्षेत्रमा गाँजा र लागूपदार्थको प्रयोगमा रोक लगाएको छ ।  शिवरात्रिमा आउने दर्शनार्थी, भक्तजन, साधु, सन्त, योगी, सन्यानी कसैले पनि गाँजाको प्रयोग गरेको पाइए कारबाही गरिने कोषले जनाएको छ ।

शिवरात्रीका अवसरमा दर्शनको तयारी गरिरहेको पशुपति विकास कोषले गाँजा लगायत लागूपदार्थ दुर्ब्यसनी ओसारपसार तथा विक्री मात्र नभई प्रयोगलाई समेत कडाइका साथ रोक लगाइएको जनाएको हो । विगतमा शिवरात्रीका दिन पशुपति क्षेत्रमा गाँजा, भाङ धतुरो लगायत लागूपदार्थको प्रयोग र विक्री वितरण अत्याधिक हुँदै आएको छ ।

आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरलाई लागूपदार्थ मुक्त क्षेत्र बनाउने प्रयास स्वरुप साधुसन्तहरुलाई समेत गाँजा भाङ प्रयोगमा रोक लगाइएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए  ।

शिवरात्री आउन ३  दिनमात्र बाँकी रहँदा पशुपति क्षेत्रको सरसफाई तथा पुनर्निर्माणको कामलाई तिब्रता दिइएको कोषले जनाएको छ । जुनसुकै स्थानमा लाइन बसेका भएपनि आधी घण्टा देखि २ घण्टा भित्र दर्शन गर्न  सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

अघिल्लो बर्ष जस्तै पशुपति दर्शनका  लागि टिकटको ब्यवस्था हटाइएको र अशक्त, वृद्धहरुलाई सिधै दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ । साधु सन्तहरु आउने क्रम सुरु भइसकेको शिवरात्रिका दिन स्वास्थ्य, सुरक्षा, भोजन लगायत सबै किसिमको तयारी सकिएको समेत कोषको भनाई छ ।

२०७४ माघ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: