Sat. Jul 5th, 2025

यूएईविरुद्ध नेपाल ४ विकेटले विजयी


२८ माघ,  धादिङ

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को तेस्रो खेलमा युएई नेपालसँग ४ विकेटले पराजित भएको छ । नामिबियाको विन्डहक स्थित मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले युएईलाई नेपाल ४ विकेटले पराजित गरेको हो ।

युएइले दिएको १ सय १५ रनको लक्ष्य पेश गर्दै नेपाल जवाफि व्याटिङका लागि मैदानमा उत्रेका थिए । नेपालले ३१ ओभरमा युएइको सबै विकेट झार्दै १ सय १४ रनमा रोकेको थियो ।

नेपालका ओपनिङ ब्याट्सम्यान दिलिप नाथ २ रन बनाएर आउट हुँदा अर्का ओपनर ज्ञानेन्द्र मल्ल ५ रनमा आउट भए । तेस्रो विकेटको रुपमा अर्का ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट हुँदा शरद भेषावकर पनि ३ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान पारस खड्काले ४३ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए ।

पारस खडकापछि ब्याटिङमा आएका आरिफ शेखले १६ रन बनाएर अाउट भए । नट अाउट रहेका रोहित पौडेलले ‍‍१२ रन बनाउदा साेमपाल कामीले १० रन बनाए ।

युएइलाइ १ सय १५ रनमा समेटने क्रममा नेपालका सोमपाल कामीले सबैभन्दा धेरै ४ विकेट लिए, सन्दीप लामिछानेले ३, पारस खडका २ र करण केसीले १ विकेट लिएका थिए ।

यो जितसँगै नेपालको समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुने सम्भावना कायमै रहेको छ ।

२०७४ माघ २८ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: