Fri. Jul 4th, 2025

डिभिजन टूमा नेपाल आज केन्यासँग भिड्दै


२९ माघ,  धादिङ

विश्व क्रिकेट लिग डिभिजन–टूमा नेपालले आज केन्यासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि नामिबियामा सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ मध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।

अहिलेसम्म खेलेका दुवै खेल हारेको केन्या अंक तालिकाको पुछारमा छ । केन्या पहिलो खेलमा यूएइसँग २ सय १८ रनले पराजित भएको थियो । आइतबार यूएईलाई ४ विकेटले हराउँदै नेपालले प्रतियोगिताको शिर्ष २ मा रहने सम्भावना कायमै राखेको छ । शिर्ष २ मा पर्ने टिमले एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछन् ।

हेड टू हेडमा नेपालभन्दा केन्या बलियो देखिन्छ । नेपाल र केन्याले अहिलेसम्म ५ खेल खेलेकोमा नेपाल एक खेलमा मात्र विजयी भएको छ ।

२०७४ माघ २९ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: