Fri. Jul 4th, 2025

यातायातमा विद्यार्थी छुटको नियम लागु हुनुपर्ने माग

२९ माघ,  धादिङ

सार्वजनिक यातायातमा विद्यार्थी छुटको नियम लागु नभएको भन्दै जिल्ला प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

नीलकण्ठ बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका विद्याथीहरुले प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी मार्फत ज्ञापनपत्र बुझाएका छन् ।
धादिङ जिल्लामा चल्ने सार्वजनिक यातायातमा विद्यार्थीहरुले प्राप्त गर्नुपर्ने भाडा सहुलियत नपाएका कारण माग राखीएको निलकण्ठ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन उपाध्यक्ष महेन्द्र तामाङले बताए ।

४५ प्रतिशत छुट दिने भनेर सरकारको सहमती भएपनि जिल्लामा संचालित सार्वजनिक यातायातका साधनमा छुट्टै नदिने र दिनेले पनि थोरै मात्र दिने गरेको कारण विद्यार्थीहरु मारमा परेको उनले बताए ।

विद्यार्थीहरुले प्राप्त गर्नुपर्ने अधिकारलाई यथाशीघ्र व्यवस्था नभए आन्दोलमा समेत जाने विद्यार्थीहरुले चेतावनी दिएका दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले विद्यार्थीले पाउने हकअधिकार बाट वञ्चित नहुनको लागि आफुले पहल गर्ने बताए ।

२०७४ माघ २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: