Fri. Jul 4th, 2025

चट्याङ लागेर २२ सैनिक जवान घाइते

२ फागुन,  बैतडी –

बैतडीमा चट्याङ लागेर नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तरगत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएका हुन् ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको शत्रुमर्दन गुल्मका सेनानी सुदिप बानियाले जानकारी दिएका छन् ।

गम्भीर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ रहेका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी भएको सेनानी बानियाले जानकारी दिए ।

समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । पाँच जनालाई उपचारका लागि काठमाण्डौं पठाउने तयारी भइरहेको छ ।

२०७४ फागुन २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: