

२ फागुन, धादिङ –
नेपालका प्रथम सहिद लखन थापा मगरको १ सय ४१ औं स्मृति दिवस धादिङमा पनि मनाइएको छ । उनको सम्झनामा बुधबार सदरमुकाम धादिङबेसीमा रहेको लखन थापाको सालिकमा माल्यार्पण र प्रवचन कार्यक्रम गरिएको छ ।
धादिङमा २०६८ मंसिरमा थापाको अर्धकदको सालिक स्थापना गरिएको छ । थापाले राणा शासनको विरुद्ध विद्रोह गरेपछि तत्कालीन सरकारले पक्राउ गरी वि. सं १९३३ साल फागुन २ मा उनलाई झुन्ड्याएर मारेको थियो ।
पाठ्यपुस्तक र सामान्य ज्ञानमा थापालाई पहिलो सहिद भनिए पनि सरकारको रेकर्डमा उनी सहिदको सूचीमा थिएनन् ।
२०७४ फागुन २ गते प्रकाशित