Sat. Jul 5th, 2025

छमछमी सिजन थ्रीको विजेता बने हेटौंडाका सरोज राना

३ फागुन, काठमाडौं 

हेटौडाका सरोज राना प्रजा नेपाल टेलिभिजनद्वारा सञ्चालित डान्सिङ रियालिटी शो रियो छमछमीको सिजन थ्रीको विजेता बनेका छन् ।

बुधबार राति घोषणा भएको फाइनलमा ५ जना प्रतिस्पर्धीलाई हराउँदै उपाधि हात पारेका हुन् । उनले २ लाख ७४ हजार ७ सय ७४ एसएमएस प्राप्त गरेर विजेता बनेका हुन् । विजेता भएसँगै उनले डाट्सन रेडी गो कार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा धरानकी मनिता राई फस्ट रनर अप बनेकी छन् । उनले २ लाख १ हजार ४ सय १७ मत ल्याएकी थिइन् । राईले ५ लाख रुपैयाँ बराबरको एलजी होम अपलायन्सेस पाएकी छन् । त्यस्तै सुर्खेतका शेखर घर्तीमगर सेकेण्ड रनर अप बनेका छन् । ९३ हजार ८३० एसएमएस पाएका उनले पुरस्कारस्वरुप ३ लाख बराबरको एलजी होम अपलायन्सेस पुरस्कार पाएका छन् ।

प्रतियोगितामा दुई हप्ताअगाडि उत्कृष्ट पाँच जना छनोट भएका थिए । उनीहरुले आफ्नो प्रस्तुतिको आधारमा दुई हप्तासम्म पाएको मतको आधारमा विजेता छनोट गरिएको हो। टप फाइभमा परेका रामेछापकी रविता मगरले चौथो बनिन् भने धरानकी केविका खत्री पाँचौं बनिन् ।

२०७४ फागुन ३ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: