Sat. Jul 5th, 2025

नेपाल युएईसँग ७ रनले पराजित


३ फागुन,  धादिङ –

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तरगतको अन्तिम खेलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ ।

२७८ रनको विजयी लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७७ रन मात्र बनाउन सक्यो । नेपालले सातौँ विकेटका रुपमा करण केसीलाई व्यक्तिगत २ रन बनाएको अवस्थामा गुमाएको छ । करणले बुधबार नेपाललाई अविश्वशनीय जित दिलाएका थिए । मात्र २ बल सामना गरेका केसीलाई अमिर हायातले पेभेलियन फकाईदिए ।

त्यस्तै छैटौँ विकेटका रुपमा नेपालले रोहित पौडेललाई गुमाएको थियो । उनले २३ रन बनाएका थिए । न ेपालको पाँचौ ११ बलमा ७ रन बनाएका आरिफ शेखलाई इमरान हैदरको बलमा अह मद राजाले क्याचआउट गरे । नेपालले चौथो विकेटका रुपमा शरद भेषावकर९३०० लाई गुमाएको छ । उनले ३७ बलमा ३ चौकासहित ३० रन जोडेका थिए । उनलाई अमिर हायातको बलिङमा इमरान हैदरले क्याचआउट गराए ।

त्यस्तै तेस्रो विकेटका रुपमा नेपालले दिपेन्द्रसिह ऐरीलाई गुमाएको छ । ऐरीले ६६ बलमा २ छक्कासहित ३५ रन बनाएर आउट भए ।
ओपनर दिलिप नाथलाई गुमाएको केही बेरमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि गुमाएको थियो । मल्ल २४ रन बनाएर आउट भएका हुन् । उनलाई अमिर हायातको बलमा अस्फाक अहम्मदले क्याचआउट गरेका हुन् ।

नेपालका ओपनिङ ब्याट्सम्यान दिलिप नाथ २९ बलमा २ चौकासहित १३ रन बनाएर आउट भएका हुन् । उनलाई रोहन मुस्तफाले आउट गरेका हुन् । यसअघि टस जितेर ब्याटिङ गरेको युएईले नेपाललाई २ सय ७८ रनको लक्ष्य दिएको थियो । युएइका लागि अस्फाक अहमदले सर्वाधिक १ सय १४ रन बनाएर आउट भए भने गुलाम साबेर १८ रन,  रोहन मुस्ताफा ५१ रन, साहिकर अनवारले ४० रन बनाएर आउट भए । रामिद साहज ४१ रनमा नटआउट रहँदा मोहम्मद उस्मान २ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १र १ विकेट लिए । युएइका एकजना ब्याटम्यान रन आउट भए ।

२०७४ फागुन ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: