

४ फागुन, धादिङ –
धादिङमा चलचित्र ‘कान्छी’ प्रदर्शनमा आएको छ । धादिङबेसीमा रहेको ओमशान्ति चलचित्र मन्दिर नीलकण्ठ ३ धादिङबेसीमा रहेको चलचित्र हलमा शुक्रबारबाट चलचित्र प्रर्दशनमा आएको हो ।
आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘कान्छी’मा लामो समयपछि चलचित्रमा आएकी नायिका स्वेता खड्कासँगै दयाहाङ राई, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासीयालगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने नायिका स्वेता खड्का चलचित्रकी निर्मात्री हुन् ।
प्रदर्शन अघि नै यस चलचित्रको ‘चरी चट्ट परि भुरुरु’ बोलको गीतले निकै लोभलाग्दो सफलता पाइसकेको छ । गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको छ भने कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका छन् ।
२०७४ फागुन ४ गते प्रकाशित