Sat. Jul 5th, 2025

२ को मृत्यु, ३ घाइते

५ फागुन धादिङ/मनिष दुवाडी

निर्माणाधिन साङ्कोष तिप्लिङ सडकखण्डको नेत्रावती गाउँपालिका वडा नं ५ चरङगेमा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् ।
सडकको भित्तामा ग्याविन जाली भर्दै गर्दा माथीबाट झरेको ढिस्कोले पुरिएर कन्चनपुरका राजु चौधरीको मृत्यु भएको हो ।

शवलाइ पोष्टमार्टको लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यलय धादिङबाट प्रहरी निरिक्षक जनक पुरीले जानकारी दिए । पुरीले भने, ‘जाली भर्ने क्रममा माथीपटिबाट ढिस्को खसेर च्यापिएछ, जालीमै खुट्टा अड्किएकाले भाग्न नसक्दा उनी पुरिएका रहेछन् ।’

त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिका–७ का ६५ बर्षिय कृष्ण बहादुर श्रेष्ठ मृत भेटिएका छन् । नेत्रावती नदीमा उनी मृत भेटिएका हुन् । नदीमा फेला परेको शव प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

त्यस्तै गुडिरहेको बसबाट खसेर सिद्धालेक गाउँपालिकाकी मिरा सार्की गम्भीर घाइते भएकी छन् । काठमाण्डौबाट धादिङबेसीतर्फ आउँदै गरेको ना २ ख ४९९६ नम्बरको बसको ढोकाबाटै उनी खसेकी हुन् ।

घाइते सार्कीलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौको ट्रमा सेन्टरमा पठाइएको छ । सिद्धालेक गाउँपालिकाको कालिदह बजार नजिक आइपुग्दा गुडिरहेको बसको ढोकाबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि चालक र बसलाइ जिल्ला प्रहरी कार्यलय धादिङले नियन्त्रणमा लिएको छ ।

 

२०७४ फागुन ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: